कांग्रेसको महाधिवेशन उद्घाटनमा को–को पुगे अन्य दलका नेता ?
१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन सुरु भएको छ । काठमाडौंको खुलामञ्चमा केहीबेरबाट उद्घाटन सत्र सुरु भएको हो । उद्घाटन सत्रमा सहभागी विभिन्न राजनीतिक दलका प्रमुख र प्रतिनिधि नेताहरू खुलामञ्चमा पुगेका छन् ।

उद्घाटन सत्रमा सहभागी हुन नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, रेशम चौधरी, पूर्वअर्थमन्त्री रामेश्वर खनाल, जसपा नेपालका सहअध्यक्ष शरतसिंह भण्डारी लगायत पुगेका छन् । त्यस्तै उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन पनि उपस्थित भएका छन् ।
महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रमहरू भने सोमबार र मंगलबार (१९–२० असोज) हुने बताएको छ । निर्वाचन कार्यक्रमका लागि २१ र २२ असोज तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
प्रकाशित मिति : October 4, 2026 at 3:14 pm






