जसपा नेपालका चार नेताले दिए राजीनामा
१८ असोज, काठमाडौं । जसपा नेपालका चार नेताले पार्टी परित्याग गरेका छन् । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पूर्वसांसद इन्दु कुमारी शर्मा, केन्द्रीय सल्लाहकार सदस्य मो. युसुफ साफी, केन्द्रीय निर्वाचन आयोग तथा कानुन विभाग सदस्य घणश्याम शर्मा र पुष्पराज चमनले पार्टी परित्याग गरेका हुन् ।

उनीहरुले जसपा नेपालको साधारण सदस्य समेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको उल्लेख छ । साथै अबदेखि ‘हुंकार मधेश’ नामको अभियानबाट राजनीतिक यात्रा अगाडि बढाउने उनीहरुले जनाएका छन् ।

प्रकाशित मिति : October 4, 2026 at 1:31 pm






