एमालेले बोलायो संसदीय दलको बैठक
१८ असोज, काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमाले पार्टी कार्यालय च्यसलमा दिउँसो १ बजे बस्नेगरी बोलाइएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचित सांसदहरूलाई विशेष निर्देशन दिनेछन् ।

नेकपा एमालेले संसद् अधिवेशन सुरु हुनुअघि र समाप्त भएपछि दलको बैठक बोलाएर अधिवेशन अवधिभरमा भएगरेका कामकारबाहीबारे समीक्षा गर्दै आएको छ । एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालका अनुसार बैठकमा पछिल्लो संसद् अधिवेशनमा पार्टीका तर्फबाट निर्वाह गरिएको भूमिकाको समीक्षा गरिनेछ।
प्रकाशित मिति : October 4, 2026 at 11:17 am






