लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्री गर्दै
१८ असोज, काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनी दिवाकर कोइरालाको नाममा रहेको संस्थापक सेयरमध्ये १ हजार ८०३ कित्ता सेयर बिक्री गर्न स्वीकृतिका लागि बैंकको सञ्चालक समितिसमक्ष निवेदन परेको जनाएको छ।
बैंकका अनुसार, संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको सेयरसम्बन्धी विवरणसहित आफ्नो लिखित जानकारी बैंकको मुख्य कार्यालय, डिल्लीबजार, काठमाडौंमा गराउनुपर्नेछ।

तोकिएको समयावधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट सेयर खरिद गर्ने सम्बन्धमा कुनै लिखित जानकारी प्राप्त हुन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन तथा अन्य प्रचलित कानुनबमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।
प्रकाशित मिति : October 4, 2026 at 9:26 am






