माछापुच्छ्रे बैंकले सार्वजनिक गर्यो ग्राहक सेवामुखी च्याटबोट ‘माया’
१६ असोज, काठमाडौं। माछापुच्छ्रे बैंकले ग्राहकलाई अझ स्मार्ट, सहज, तथा ग्राहककेन्द्रित बैंकिङ सेवा प्रदान गर्ने आफ्नो निरन्तर प्रतिबद्धताअनुरूप नयाँ ग्राहक सेवामुखी च्याटबोट ‘माया’ औपचारिक रूपमा सार्वजनिक गरेको छ । बैंकको आधिकारिक वेबसाईट www.machbank.com मा ‘माया’ को आईकन देख्न सकिन्छ र यसै मार्फत ग्राहक हरुले आफ्नो जिज्ञासा च्याट मार्फत राख्न सक्छन् ।
ग्राहकलाई प्राथमिकतामा राखेर विकास गरिएको ‘माया’ एक अन्तरक्रियात्मक डिजिटल प्लाटफर्म हो । नियमित बैंकिङसम्बन्धी जानकारीका लागि शाखा पुग्नुपर्ने वा बैंक कर्मचारीहरुसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने आवश्यकतालाई कम गर्दै आवश्यक जानकारी सहज रूपमा प्राप्त गर्न सकियोस् भन्ने उद्देश्यले ‘माया’ प्रविधिको विकास गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार ‘माया’ को सुरुवातले प्रविधिको प्रभावकारी प्रयोगमार्फत अझ दक्ष र ग्राहकअनुकूल बैंकिङ अनुभव सिर्जना गर्ने लक्ष्यलाई सहयोग पुग्नेछ। बैंकका अनुसार ‘माया’को सुरुवातसँगै प्रविधिको प्रयोगमार्फत ग्राहकलाई थप सहज र प्रभावकारी बैंकिङ अनुभव प्रदान गर्ने प्रयास गरिएको छ। ग्राहकबाट प्राप्त सुझाव र प्रयोगको अनुभवका आधारमा च्याटबोटको क्षमता तथा कार्यसम्पादनलाई निरन्तर सुधार गर्दै लगिने बैंकले जनाएको छ।
प्रकाशित मिति : October 2, 2026 at 5:26 pm






