नेप्सेमा दुई कम्पनीको बोनस सेयरमा मूल्य समायोजन
१६ असोज, काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा सिटिजन बैंकको ३.८० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता २०३.२८ रुपैयाँ हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले शुक्रबारको अन्तिम कारोबार २११ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।

त्यसैगरी, विकास हाइड्रोपावरको ३.८० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ५४०.४६ रुपैयाँ हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले शुक्रबारको अन्तिम कारोबार ५६१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । यी दुवै कम्पनीको सोही मूल्यको आधारमा सेयर बजारमा कारोबार खुल्नेछ ।
प्रकाशित मिति : October 2, 2026 at 5:14 pm






