१६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026

नेप्से र कारोबार रकम दुबै घट्यो

१६ असोज, काठमाडौं। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। शुक्रबार नेप्से परिसूचक ११.९० अंकले घटेर २५८७.२५ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन ३५६ कम्पनीकाे ४३ हजार ६८५ पटकको कारोबारमा ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार रुपैयाँबराबरको १ करोड १९ लाख १२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। शुक्रबार ६१ कम्पनीको सेयर मूल्य बढेको छ भने २०७ कम्पनीको घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।

यस दिन एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत २०८९/९० को मूल्य सर्वाधिक १४.२९ प्रतिशत बढेको छ। सिन्धु विकास बैंकको सेयरमूल्य यस दिन सर्वाधिक ८.५५ प्रतिशत घटेको छ। यस दिन १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को र्वाधिक काराेबार भएकाे छ। यस दिन २६ करोड ५३ लाख रुपैयाँबराबरको सो ऋणपत्र कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित मिति : October 2, 2026 at 3:25 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/