१६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई एथलेट ल्यान्ड एण्ड ट्रेनिङ क्लबमा विशेष छुट

१६ असोज, काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले बालकुमारीस्थित एथलेट ल्यान्ड एण्ड ट्रेनिङ क्लब (Athlete Land and Training Club)सँग विशेष छुटसम्बन्धी व्यावसायिक सम्झौता गरेको छ। सम्झौताअनुसार बैंकका ग्राहकले उक्त व्यायामशालामा उपलब्ध विभिन्न सेवा तथा सुविधामा ७.५० प्रतिशतदेखि १७.५० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्नेछन्।

एथलेट ल्यान्ड एण्ड ट्रेनिङ क्लबमा एमएमए, बक्सिङ, एड्भान्स्ड कार्डियो, ग्रुप फिटनेस क्लास, जुम्बा र योगालगायतका विभिन्न फिटनेससम्बन्धी सेवा उपलब्ध रहेको छ। त्यस्तै, वर्कआउटपछि रिल्याक्सेसनका लागि साउना सुविधासमेत उपलब्ध रहेको बैंकले जनाएको छ।

उक्त छुट तथा सुविधा प्राप्त गर्न मुक्तिनाथ विकास बैंकका ग्राहकले बैंकको डेबिट कार्ड वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ। बैंकले ग्राहकलाई बैंकिङ सेवासँगै जीवनशैली तथा स्वास्थ्यसम्बन्धी विभिन्न सेवामा सहुलियत उपलब्ध गराउने उद्देश्यले यस्ता व्यावसायिक साझेदारीलाई निरन्तरता दिँदै आएको जनाएको छ।

प्रकाशित मिति : October 2, 2026 at 3:06 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/