१६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026

पोखरा फाइनान्सको २ लाख २३ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

१६ असोज, काठमाडौं। पोखरा फाइनान्सले २ लाख २३ हजार ५६८.११ कित्ता संस्थापक सेयर सर्वसाधारण व्यक्ति तथा संस्थालाई बिक्रीमा राखेकाे छ । संस्थापक सेयरधनी मनबहादुर गुरुङले १ लाख ६६ हजार ५६.९४ कित्ता र नारायणबाबु लोहनीले ५७ हजार ५११.१७ कित्ता संस्थापक सेयर बिक्री गर्न बैंकको सञ्चालक समितिसमक्ष निवेदन दिएका थिए ।

प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्ने भएकाले फाइनान्सले यसअघि ३५ दिने सूचना प्रकाशित गरेको थियो । तर, तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट उक्त सेयर खरिदका लागि कुनै आवेदन नपरेपछि अब सर्वसाधारणका लागि बिक्री प्रक्रिया अघि बढाइएको हो ।

फाइनान्सले इच्छुक व्यक्ति तथा संस्थालाई ७ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । इच्छुक आवेदकले फाइनान्सको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौं महानगरपालिका–२८ मा सम्पर्क गरी निवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : October 2, 2026 at 10:20 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/