चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
१६ असोज, काठमाडौं। चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यस दिन कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले आगामी सोमबार अर्थात असोज १९ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
कुमारी बैंक लिमिटेडले सेयरधनीलाई २.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको साधारणसभा असोज २८ गते काठमाडौंको सुवर्णशमशेर सडकस्थित सिल्भर ओक ब्यांक्वेट एन्ड इभेन्ट्समा हुँदैछ। बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १९ गते बुक क्लोज गर्ने भएको छ। त्यसअनुसार आजसम्म सेयर कारोबार भई कायम भएका सेयरधनीले बैंकको प्रस्तावित बोनस सेयर प्राप्त गर्न सक्नेछन्।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयरधनीलाई ३.८ प्रतिशत बोनस सेयर र ०.२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको साधारणसभा असोज २८ गते काठमाडौंको कालिकास्थान, डिल्लीबजारस्थित अमृतभोगमा आयोजना हुँदैछ। साधारणसभा तथा लाभांश प्रयोजनका लागि बैंकले असोज १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार आजसम्म बैंकको सेयर खरिद गरी कायम भएका सेयरधनीले प्रस्तावित बोनस तथा नगद लाभांश प्राप्त गर्न सक्नेछन्।
विकास हाइड्रोपावर कम्पनी लिमिटेडले १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभा असोज २९ गते काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्ट दरबार प्रालिमा हुने भएको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १९ गते बुक क्लोज गर्ने जनाएको छ। आजसम्म सेयर कारोबार भई कायम भएका सेयरधनीले कम्पनीको साधारणसभामा सहभागी हुन तथा प्रस्तावित बोनस र नगद लाभांश प्राप्त गर्न सक्नेछन्।
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले ५.२६३ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभा असोज ३० गते काठमाडौं महानगरपालिका–४, चण्डोलस्थित कुण्डलिनी दरबार ब्यांक्वेटमा आयोजना हुँदैछ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १९ गते बुक क्लोज गर्ने भएको छ। त्यसअनुसार आजसम्म कम्पनीको सेयर कारोबार भई कायम रहेका सेयरधनीले प्रस्तावित बोनस सेयर प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन्।
प्रकाशित मिति : October 2, 2026 at 9:42 am






