१५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026

एक्स्ट्रा अर्डिनरी बन्ने इमानदार कोसिस गर्दैछुः विपिन आचार्य

१५ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिन कुमार आचार्यले हरेक बिधाका अब्बल व्यक्तिहरू एक्स्ट्रा अर्डिनरी हुने बताएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद आचार्यले आफूलाई हरेक विधाका क्षमता, नियत र तथ्यमा अब्बल व्यक्तिहरू एक्स्ट्रा अर्डिनरी लाग्ने बताएका हुन्।

सांसद आचार्यले भने, ‘म आफू औसत क्षमताको इन्जिनियर भएर पनि होला, मलाई क्षमता, नियत र तथ्यमा अब्बल हरेक विधाका व्यक्तिहरू ‘एक्स्ट्राअर्डिनरी’ लाग्छन् । म पनि एक्स्ट्राअर्डिनरी बन्ने इमानदार कोसिस गर्दैछु ।’

महामन्त्री आचार्यले नेपाली मुद्राको विषय पनि  उठाएका छन् । ‘संसारका जति पनि पावरफुल मुद्राहरू छन् । डलर, युरो, पाण्ड अथवा जापनिज ऐन इभन छिमेकी राष्ट्रको युवान र भारतको भारुको पनि आफ्नै सिम्बोलहरू छ’ उनले भने । अहिलेको ग्लोबल फिन्टेक एजमा नेपालको पनि आफ्नै मुद्राको सिम्बोल भयो भने त्यसले धेरै सहज हुने बताए ।

प्रकाशित मिति : October 1, 2026 at 1:56 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/