प्रि ओपन सेसनमा साढे ५ अंकले घट्यो नेप्से
१४ असोज, काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंकले घटेर बन्द भएको छ । यस दिन सो सेसनमा नेप्से ५.५२ अंक घटेर २५९८.१९ विन्दुमा झरेको छ। बुधबार प्रि ओपन सेसनमा ५४ कम्पनीकाे ९५ पटकको कारोबारमा २१ लाख ८५ हजार २६७ रुपैयाँ ५० पैसाबराबरको ४ हजार २४१ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : September 30, 2026 at 10:58 am




