कर्माचार्य र कर्ण सचिवमा बढुवा
१३ असोज, काठमाडौं । सरकारले प्रशासन र प्राविधिक तर्फका दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठककले सहसचिवहरू आभा श्रेष्ठ कर्ण र डा. जगदीश्वर कर्माचार्यलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, नेपाल प्रशासन सेवा, समूहिकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढुवा भएकी कर्णलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गरिएको छ ।
त्यस्तै, नेपाल इन्जिनियरिङ सेवा समूहिकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढुवा भएका डा. जगदीश्वर कर्मचार्यलाई भने ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको छ ।
प्रकाशित मिति : September 29, 2026 at 5:47 pm




