१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

संघीय निजामतीसहित ३ विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति

१३ असोज, काठमाडौं । सरकारले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय निजामती सेवासम्बन्धी विधेयकसहित तीन वटा विधेयक संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए।

 

साथै बैठकले पशु, बधशाला र मासु जाँच ऐन–२०५५ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस गर्न पनि स्वीकृति दिएको छ। त्यस्तै, अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन–२०७४ लाई संशोधन गर्न बनेको विधेयक पनि संसद्मा पेस गर्न स्वीकृति दिइएको छ।

प्रकाशित मिति : September 29, 2026 at 5:02 pm