प्रधानमन्त्री शाहलाई सांसद राईको प्रश्नः सांसदका प्रश्नको जवाफ प्रधानमन्त्रीले कहिले दिनुहुन्छ ?
१३ असोज, काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा आएर सांसदका प्रश्नको जवाफ कहिले दिनुहुन्छ ? भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद राईले सरकारलाई प्रश्नहरूको जवाफ दिने विषयमा गम्भीर बन्न आग्रह गरे ।

सांसद राईले भने, ‘सदनमा सभामुखमार्फत सोध्न चाहन्छु, सरकार र सरकार प्रमुखले दिनुपर्ने जिम्मेवारी कहिले पूरा हुन्छ ?’ भदौ १० गतेको विनाशकारी बाढीको विषयमा सरकारले के कसो गरिरहेको छ भनेर पनि उनले जवाफ खोजेका छन् ।
प्रकाशित मिति : September 29, 2026 at 10:51 am




