सभामुखले सांसदहरूलाई भनेः बोल्नका लागि मात्र नियमापत्ति नगर्नू
८ असोज, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सदनमा हुने नियमापत्तिलाई औचित्यपूर्ण र नियमसम्मत बनाउन सांसदहरूलाई निर्देशन दिएका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले सदनको नियमापत्तिलाई सदुपयोग गर्न आग्रह गरेका हुन् ।

‘माननीय सदस्यहरूबाट बैठकमा छलफलका क्रममा नियमापत्ति हुनु स्वभाविकै हो । यद्यपि, जे विषयमा नियमापत्ति गरिएको हो सो भन्दा बाहिर गइ आफ्ना भनाइ राख्ने तथा बोल्नका लागि मात्र नियमापति गर्ने कार्य स्वभनिय देखिँदैन ।’ सांसदहरूले नियमावली हेरेर त्यसको मर्मअनुसार नियमापत्ति गर्नुपर्ने सभामुखको आग्रह छ ।
उनले भनेका छन्, ‘माननीय सदस्यहरूले नियमावलीको व्याख्या तथा स्पष्ट आधार एवं औचित्य पुष्टि हुन सक्नेगरी नियमापत्ति गर्नु सान्दर्भिक हुने कुरा जानकारी गराउँदछु ।’
प्रकाशित मिति : September 24, 2026 at 6:03 pm




