कांग्रेसको १५ औं महाधिवेशनको लोगो र नारा सार्वजनिक
८ असोज, काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । कांग्रेसले बिहीबार फेसबुकमार्फत महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको हो । कांग्रेसले महाधिवेशनका लागि ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने नारा तय गरेको छ ।

लोगोमा संस्थापक नेता तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी)कोइरालादेखि निवर्तमान सभापति शेरबहादुर देउवासम्मको तस्बिर राखिएको छ । तस्बिरमा विश्वेश्वरप्रसाद कोइराला, सुवर्ण शमशेर जबरा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाको तस्बिर राखिएको छ । कांग्रेसले १६–१९ असोजमा केन्द्रीय महाधिवेशनको मिति निर्धारण गरेको छ । महाधिवेशनअन्तर्गत १० असोजमा प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्दैछ ।
प्रकाशित मिति : September 24, 2026 at 4:41 pm




