८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

११ अंकले बढ्यो सेयर बजार, ५ अर्ब ४४ करोडको कारोबार

८ असोज, काठमाडौं । बिहीबार सेयर बजार बढेर बन्द भएको छ। बिहीबार नेप्से परिसूचक ११.७७ अंकले बढेर २६२९.८१ विन्दुमा पुगेको छ। आज ५ अर्ब ४४ करोड ७३ लाख रुपैयाँको कारोबार भएको हो । बिहिबार १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको घटेको छ । ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।

बिहीबार नेपाल ल्यूब आयलको सेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको सेयर मूल्य १२.४७ प्रतिशतले बढेको छ। आज मिड सोलु हाईड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ११.५८ प्रतिशतले घटेको छ।

यस दिन शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।

प्रकाशित मिति : September 24, 2026 at 3:52 pm