८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

ईश्वर पोखरेलसहित यी नेता एमाले स्थायी कमिटीमा मनोनीत

८ असोज, काठमाडौं । नेकपा एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्यहरू मनोनित गरेको छ। बिहीबार बसेको सचिवालय बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बहाम्फे, लालबाबु पण्डित, थममाया थापा र काशिनाथ अम्गाईंलाई स्थानीय कमिटी सदस्यमा मनोनित गर्ने गरेको हो।

सचिवालय बैठकलगत्तै बसेको केन्द्रीय कमिटी बैठकले उनीहरू सबैको नाम अनुमोदन गरेको छ । एमालेको आजको बैठकले पूर्वराष्ट्रपति समेत रहेकी विद्या भण्डारीलाई पार्टीको वरिष्ठ नेता प्रस्ताव गरेको छ।

प्रकाशित मिति : September 24, 2026 at 3:39 pm