३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

हकप्रद निष्काशनको प्रस्ताव गर्दै इष्टर्न हाइड्रोपावरले बोलायो साधारण सभा

८ असोज, काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशनको विशेष प्रस्ताव गर्दै साधारण सभा बोलाएको छ। कम्पनीले असोज २९ गते होटल हार्दिक, बागबजार, काठमाडौंमा दशौं वार्षिक साधारण सभा बोलाएको हो।

सो सभा बिहान ११ बजे सुरु हुनेछ। कम्पनीले सभामा १ः०.८७ बराबरको हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव गरेको छ । कम्पनीको रष्टिट्रर्ड कार्यालय रहेको ठेगाना परिवर्तन हुनेहुँदा प्रवन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ।

साधारण सभाका लागि कम्पनीले असोज २१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ असोज २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रकाशित मिति : September 24, 2026 at 2:10 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/