८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

संसद्को क्यान्टिन महंगो भयो, सस्तो गरियोस्ः सांसद भण्डारी

८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले संसद्को क्यान्टिन महंगो भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । क्यान्टिनको मूल्य अस्वाभाविक रूपमा महँगो भएको भन्दै उनले सांसदहरूको तलबले खानपान र खर्च धान्न कठिन भएको बताए।

उनले क्यान्टिनको गुणस्तर र मूल्य नियन्त्रण गर्न अविलम्ब कदम चाल्नुपर्ने आवश्यकता औँल्याए। ‘क्यान्टिनमा रेटको कुनै तालमेल छैन,’ सांसद भण्डारीले भने, ‘खाजा महँगो छ, जसले गर्दा माननीयहरूले सास्ती भोग्नुपरेको छ। भोकभोकै बस्नुपर्ने वा महँगो मूल्य तिर्नुपर्ने दुवै विकल्प पीडादायी छन्, यसतर्फ संसद् सचिवालयको ध्यान जानु जरुरी छ।’

सस्तो क्यान्टिनको अविलम्ब व्यवस्था गर्न जरुरी रहेको उनले बताए । बाहिर गए सचेतक फोन हानिहाल्ने र भित्र महंगो हुने हुँदा भोकभोकै बस्नुपर्ने अवस्था आएको उनले बताए ।

प्रकाशित मिति : September 24, 2026 at 1:34 pm