१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

शोकमा सेल्फी (टुँडिखेलमा जे देखियो)

१७ फागुन, काठमाडौँ । सामाजिक सञ्जालको प्रयोग र राम्रो क्यामेरासहितको मोबाइलको कतिपय सकारात्मक प्रभाव छ भने कहिले काँही त्यसैको नकारात्मक प्रभाव पनि परेको छ । आफ्नो उपस्थिति देखाउनका लागि पछिल्लो समय सामाजिक सञ्जालमा हरेक गतिबिधि अपडेट गर्ने प्रचलन गर्दै गएको छ ।

यस्तै प्रचलन बढ्दै जाँदा पछिल्लो समय मानिसहरू शवसँग समेत सेल्फी खिच्न थालेका छन । सुख र दुःख दुबै साट्ने र बाँड्ने एउटा राम्रो प्लेटफर्म बनेको छ सामाजिक सञ्जाल । हुनत यस्तै प्रयोग बढ्दै जाँदा केही दिनअघि बम बिस्फोट भएका घाइतेलाइ ट्याक्सी वा एम्बुलेन्स बोलाएर अस्पताल लैजाने भन्दा पनि फोटो र भिडियो खिचेको भिडियो भाइरल नै बनेको थियो । एनसेलको गेटमा भएको बम बिस्फोटमा घाइते भएकाको तत्काल उद्धार गरेर अस्पताल लैजानभन्दा बढी फोटो र भिडियो खिच्नमा तछाडछाड भएको थियो ।

नेपाली सेनाका जमदार अर्जुन घिमिरेको शव नजिक बसेर सेल्फी खिच्नदै श्रद्धाञ्जलीका लागि पुगेका एक व्यक्ति । तस्बीरः उज्जल प्रसाद तिवारी ।

बुधबार हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृित पर्यटन तथा नगरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको शुक्रबार टुँडिखेलमा आयोजित श्रद्धाञ्जलीसभामा केही मानिसहरू शवसँग सेल्फी खिचिरहेका थिए । कतिपय लाइनमा बसेर सेल्फी खिच्दै थिए भने कोही चाहिँ शवको नजिक बसेर सेल्फी खिच्दै थिए ।

शोक मनाउन गएको ठाउँमा समेत सेल्फी खिचेको देखेर कतिपय त्यही कानेखुशी मार्फत कस्तो चलन आयो भन्दै थिए । भने कतिपयले पछि पनि सेल्फी खिचे । समान्यतया शोकको घडीमा दुःखी हुने नेपालीको परम्परा हो त्यही संस्कार चल्दै आएको पनि छ । तर सामाजिक सञ्जालमा पोस्टिन र मोबाइल छ भन्दैमा शवको नजिक बसेर सेल्फी खिचेको सुहाएन भनेर प्रतिक्रिया दिएका छन ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार १९:४५