७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

न्यायपालिका निरंकुशतातर्फ अग्रसर भएको रास्वपा सांसदको आरोप

७ असोज, काठमाडौं । रास्वपा सांसद मधु कुमार चौलागाईंले वर्तमान न्यायपालिका स्वेच्छाचारी र निरकुंशतातर्फ अग्रसर भएको आरोप लगाएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जनतालाई न्याय दिने न्यायपालिका निरंकुशतातर्फ गएकाले पुनर्संरचना गर्नुपर्ने बताएका हुन्।

उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा नियमावलीको नियम १४० को ११ र २५९ तत्काल कार्यान्वयन गर्न नपाउने गरी जारी गरेको अन्तरिम आदेशले संविधान संशोधनको संवैधानिक बाटोलाई नै प्रत्यक्ष रूपमा रोकिदिएको बताए । जनताका निर्वाचित प्रतिनिधिहरूको सर्वोच्च थलो संघीय संसद्को सार्वभौम अधिकार र क्षेत्राधिकारमाथि यस आदेशले गम्भीर कुण्ठा पुर्‍याएको उनको भनाइ छ ।

प्रकाशित मिति : September 23, 2026 at 3:02 pm