७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

नेकपा सांसदको प्रश्नः सामाजिक सञ्जालमा पोस्ट गर्दैमा मात्र देश बन्छ र ?

७ असोज, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद भीमकुमारी बुढामगरले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिपछिको पुनर्निर्माणका लागि राज्यले जनश्रमदान र युवा शक्तिलाई परिचालन गर्नुपर्ने बताएकी छिन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सामाजिक सञ्जालमा गरिने चर्चाभन्दा धरातलीय यथार्थमा आधारित श्रमको संस्कृतिलाई जोड दिनुपर्ने बताएकी हुन् ।

माटो र बेल्चा नछोई देशको विकास सम्भव नरहेको र सामाजिक सञ्जालमा पोस्ट गर्दैमा मात्रै देश नबन्ने सांसद बुढामगरको भनाइ छ। ‘के माटो र बेल्चा नछोई देशको विकास सम्भव छ ? सामाजिक सञ्जालमा पोस्ट गर्दैमा मात्र देश बन्छ र ? देश निर्माणका लागि केवल राज्यको संयन्त्र मात्र पर्याप्त हुँदैन, जनताको सक्रिय सहभागिता अनिवार्य हुन्छ,’ उनले भनिन् ।

उनले विगतमा ‘शहीद मार्ग’ निर्माण गर्दा जनताले आफ्नै पाखुरीको बलमा काम गरेको स्मरण गर्दै सोही संस्कारलाई पुन: ब्युँत्याउनुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : September 23, 2026 at 2:19 pm