७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

भोटेकोसी बाढीमा बेपत्ता भएका नागरिकबारे सरकारले ठोस निर्णय लिएनः सांसद पराजुली

७ असाेज, काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद भरत पराजुलीले रसुवा बाढीका कारण बेपत्ता भएका नागरिकको अवस्था र तिनका परिवारले पाउनुपर्ने राहतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पराजुलीले लामो समय बितिसक्दा पनि पीडित परिवारले राज्यबाट पाउनुपर्ने राहत र सहयोग नपाएको भन्दै आक्रोश पोखेका छन् ।

dainiki.com

‘भोटेकोसी बाढीमा बेपत्ता भएका नागरिकबारे सरकारले हालसम्म ठोस निर्णय लिन सकेको छैन,’ उनले भने, ‘सरकारको यही गैरजिम्मेवारपनका कारण पीडित परिवारहरू राहत पाउनबाट वञ्चित भएका छन् । म तत्काल निर्णय लिएर पीडित परिवारको व्यवस्थापन गर्न सरकारसँग जोडदार माग गर्दछु ।’

उनले बाढी आएको २८ दिन पूरा भई २९ दिन लाग्दासमेत बेपत्ता नागरिकका परिवारमा अन्योल कायम रहेको बताए। उनले भने, ‘भोटेकोशी क्षेत्र व्यापारिक नाका तथा केन्द्र भएकाले बाढीको असर प्रभावित क्षेत्रका नागरिकमा मात्र सीमित नभई देशका ६५ जिल्लासम्म परेको छ। बाढीमा बेपत्ता भएका नागरिकको सम्बन्धमा सरकारले अहिलेसम्म आवश्यक निर्णय नगर्दा परिवारले राहत तथा क्षतिपूर्ति पाउन सकेका छैनन्।’

प्रकाशित मिति : September 23, 2026 at 12:04 pm