सेयर बजार २६५४ अंकमा, कारोबार रकम ७ अर्ब नाघ्यो
६ असोज, काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। मंगलबार नेप्से परिसूचक ७.०६ अंकले बढेर २६५४.२८ विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन ३५६ कम्पनीकाे ७० हजार ६९१ पटकको कारोबारमा ७ अर्ब ५ करोड ३ लाख ९८ हजार रुपैयाँबराबरको २ करोड १५ लाख ८९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। मंगलबार १३८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३० कम्पनीको घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।
मिड सोलु हाइड्रोपावरको सेयरमा यस दिन सकारात्मक सर्किट लागेकाे छ। स्नो रिभर्सको सेयर मूल्य यस दिन सर्वाधिक ८.२३ प्रतिशत घटेको छ। यस दिन हाथवे इन्भेष्टमेन्ट नेपालको सर्वाधिक काराेबार भएकाे छ। सो कम्पनीको यस दिन ४४ करोड ४० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। १३ उपसमूहमध्ये यस दिन सात उपसमूहको परिसूचक बढेको छ भने छ उपसमूहको परिसूचक घटेको छ।
प्रकाशित मिति : September 22, 2026 at 3:45 pm




