१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

आफ्नो कब्जामा रहेका अभिनन्दनका १० वर्षिय छाेरालाई पाकिस्तानी सैनिकले लेखे यस्ताे भावुक पत्र

१७ फागुन, काठमाडाैँ । आफ्नो कब्जामा रहेका भारतीय वायूसेनाका विङ कमान्डर अभिनन्दन वर्धमानका १० वर्षिय छाेरालाई पाकिस्तानी सैनिकले भावुक पत्र लेखेका छन् । पाकिस्तानी सैनिकको नाममा सार्वजनिक भएको उक्त खुलापत्र अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पत्र लेख्ने सैनिकको नाम उल्लेख गरिएकाे छैन, तर पाकिस्तानी सेनाको आधिकारिक ट्वीटरमा भने यसलाई सेयर गरिएको छ । 

बिहिवार पाकिस्तानी प्रधानमन्त्री इमारान खानले अभिनन्दनलाई भारतको जिम्मा लगाउने घोषणा गरेका थिए । पाकिस्तानको कब्जामा रहेका अभिनन्दन वर्धमान आज रिहा हुँदैछन् ।

अभिनन्दनका छोरालाई सम्वोधन गरेर पाकिस्तानी सैनिकले लेखेको पत्र यस्तो छः 

प्रिय सानो बाबु

बधाई छ, तिमी चाँडै आफ्नो बुवालाई अंगाल्न गइरहेका छौ । हामी तिम्रो बुवालाई एउटा उपहारको रुपमा फिर्ता पठाइरहेका छौं । चाहे उनी तिमी जस्ता थुप्रैमाथि बम खसाल्न आएका किन नहुन् । बाबु सुन, मेरो तिमीलाई एउटा अनुरोध छ । जब उनले तिमीलाई हतारिँदै आफ्नो कसिलो अंगालोमा बाँध्छन्, उनलाई बिनम्रताका साथ मेरो तर्फबाट केही प्रश्नहरु सोध्नु । उनलाई सोध्नु, बुवा ! के मजस्ता काश्मिरी बच्चाहरुलाई खुशीसँग उनीहरुको बुवासित बस्ने अधिकार छैन ? उनलाई सोध्नु, यदि उनीहरुले तपाईंलाई अराजक भीडको बीचमै छोडिदिएको भए के हुन्थ्यो ? उनलाई सोध्नु, युद्ध र घृणाको मूल्य के हुन्छ ? उनलाई सोध्नु, के शक्तिशाली छ घृणा कि माया ? उनलाई सोध्नु, जीवन सुन्दर छ वा मृत्यु ? म तिम्रो उत्तरको प्रतिक्षामा हुनेछु । खुशीसाथ रहनु सानो बाबु, एक दिन तिमी आफ्नो बाबुसहित हामीसित भेट्न आउने कामना गर्छु । तर, त्यतिबेला तिम्रो बाबुको हातमा मिसाइल र बम होइन फूल हुनेछ । अन्त्यमा, म तिमीलाई वचन दिन्छु कि कसैले पनि तिम्रो अनुहारको मुस्कान खोस्न सक्ने छैन र हाम्रो विध्वंसका लागि हाम्रो भूमि प्रयोग हुन दिने छैन । आफ्नो बाबुसँग खुशीसाथ रहनु ।

मानवताको प्रेमी

 

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार १६:५८