एक बैंकको १५ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा
६ असोज, काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना सेयरधनीलाई घाेषणा गरेकाे नगद लाभांश वितरण गर्न सुरु गरेको छ । बैंकको २०८३ भदौ ३१ गते सम्पन्न २०औँ वार्षिक साधारणसभाबाट पारित १५ प्रतिशत नगद लाभांश वितरण गर्न सुरु गरेको हाे । बैंकका अनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा साधारणसभाबाट पारित १५ प्रतिशत नगद लाभांश कर प्रयोजनसमेत सेयरधनीको बैंक तथा वित्तीय संस्थाको खातामा भदौ ३१ गतेदेखि जम्मा गर्न सुरु गरिएको छ ।
यसका लागि सेयरधनीले आफ्नो बैंक खाता तथा बैंक खाता नम्बर अद्यावधिक गरेको हुनुपर्नेछ। बैंकले भदौ १७ गतेसम्म आफ्नो बैंक खाता विवरण अद्यावधिक गरेका सेयरधनीलाई आईपीएसमार्फत नगद लाभांश जम्मा गरिने जनाएको छ। हालसम्म बैंक खाता अद्यावधिक नगरेका शेयरधनीलाई यथाशीघ्र आफ्नो बैंक खाता तथा प्यान विवरण अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ।
प्रकाशित मिति : September 22, 2026 at 11:41 am




