१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

मिड सोलु हाइड्रोपावरले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

६ असोज, काठमाडौँ । मिड सोलु हाइड्रोपावर लिमिटेड लाभांश घोषणा गरेको छ। कम्पनीको असोज ५ गते सोमबार अपराह्न ४ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

 प्रस्तावित लाभांश विद्युत् नियमन आयोगको स्वीकृति तथा कम्पनीको आगामी पाँचौँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले प्राप्त गर्नेछन्।

प्रकाशित मिति : September 22, 2026 at 9:29 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/