सरकारलाई अर्जुननरसिंहको प्रश्नः सत्य बाहिर आउँदा आफ्नै मान्छे फस्ने डर हो ?
५ असोज, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकार नागरिकका समस्याप्रति जिम्मेवार हुनुपर्नेमा आफै अलमलिएको बताए। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद केसीले बाढी पीडित नागरिक अझै बिचल्लीमा रहेको तर सरकारले अस्थायी पुनर्बासको सुरसार नगरेको बताए ।
‘नागरिकका समस्याप्रति जिम्मेवार हुनुपर्ने सरकार आफैं अल्मलिएको छ। रसुवा र नुवाकोटका बाढी पीडित नागरिक अझलै बिचल्लीमा छन्। चाडबाडको मुखमा अस्थायी पुनर्वासको सुरसार छैन,’ उनले भने।

उनले संसदीय विशेष समिति तत्काल गठन गर्न आग्रह गरे। ‘विधि, संस्था र पद्धतीभन्दा व्यक्तित्व प्रभुत्वमा देश सञ्चालित भइरहेको छ। यो दुःखद् कुरा हो। २४ भाद्रको आम विध्वंसको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग तत्काल बनाइयोस्। सत्य बाहिर आउँदा आफ्नै मान्छे फस्ने डर हो कि के हो?,’ उनले भने।
उनले मानव अधिकार आयोगको अनुसन्धान प्रतिवेदन लुकाउनु जनताको सुसूचित हुनेलाई अधिकारमाथिको आक्रमण रहेको बताए। उनले भने, ‘मानव अधिकार आयोगको प्रतिवेदन लुकाउनु जनताको सूचनाको हकमाथि आक्रमण हो। आक्रमण मात्र होइन अन्तर्राष्ट्रिय समुदायमा नेपालको बदनाम गर्नु पनि हो। आयोगको सिफारिस कार्यान्वयन नभएको गुनासो छ। यो संविधान र विधिको शासनको खिल्ली उडाउने निरङ्कुश प्रवृत्ति हो।’
प्रकाशित मिति : September 21, 2026 at 3:41 pm




