५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

राष्ट्रसंघको महासभामा जानुअघि प्रधानमन्त्रीले गरे कांग्रेस नेताहरूसँग छलफल

५ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभामा जानुअघि नेपाली कांग्रेसका नेताहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय सिंहदरबारमा सोमबार प्रधानमन्त्री शाहले कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दल नेता भीष्मराज आङ्देम्बेसँग कुराकानी गरेका हुन्।

dainiki.com

संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफलका लागि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिलाई बोलाएको र कुराकानी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन मंगलबार अपराह्न संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्ने कार्यक्रम छ।

प्रकाशित मिति : September 21, 2026 at 2:21 pm