८ वाणिज्य बैंकले घोषणा गर्यो लाभांश, कुनको कति ?
२ असोज, काठमाडाैं । हालसम्म ८ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना सेयरधनीलाई लाभांश वितरणकाे घोषणा गर्ने बैंकहरुमा एभरेष्ट बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक र नबिल बैंक रहेका छन् ।
एभरेष्ट बैंकले ५ प्रतिशत बोनस र १० प्रतिशत नगद कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सानिमा बैंकले साधारण सेयरतर्फ १० प्रतिशत नगद र अग्राधिकार सेयरतर्फ ८.२५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।
त्यस्तै, ग्लोबल आइएमई बैंकले ४ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी कुल १० प्रतिशत, माछापुच्छ्रे बैंकले ३ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी कुल ६ प्रतिशत लाभांश घोषणा गरेका छन् । कुमारी बैंकले २.१०५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेकाे छ। यसैगरी, सिटिजन्स बैंकले ३.८० प्रतिशत बोनस र ०.२० प्रतिशत नगद गरी कुल ४ प्रतिशत लाभांश घोषणा गरेका छन् । यस्तै, सिद्धार्थ बैंकले साधारण सेयरतर्फ १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत तथा अग्राधिकार सेयरतर्फ ८.५ प्रतिशत नगद र नबिल बैंकले सेयरधनीलाई ५ प्रतिशत बोनस र १०.८० प्रतिशत नगद गरी कुल १५.८० प्रतिशत तथा अविमोच्य असञ्चिति अग्राधिकार सेयरतर्फ ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र सम्बन्धित बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।
प्रकाशित मिति : September 18, 2026 at 3:11 pm




