२ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026

भेडासिंहबाट १ केजी ४ सय ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

२ असोज, काठमाडौँ । काठमाडौँको भेडासिंहबाट १ केजी ४ सय ग्राम अवैध सुनसहित एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक माणिक दास रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार दास अवैध एक केजी चार सय ग्राम सुन र गहनासहित पक्राउ परेका हुन् ।

dainiki.com

उनको साथबाट ७ लाख ५० हजार नगद समेत बरामद गरेको प्रहरीले जनाएको छ । दासले भेडासिंह क्षेत्रमा टञ्च हाउस सञ्चालन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : September 18, 2026 at 2:23 pm