प्रधानमन्त्री र जेनजी सांसदहरूबिच अन्तरक्रिया सुरु
२ असोज , काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले जेनजी उमेर समूहका सांसदहरूसँग शुकबार विशेष अन्तरक्रिया सुरु गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल जारी रहेको छ ।

बैठकमा मुख्यगरी नवीनतम प्रविधि र डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीति, प्राविधिक शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा, एवम् वातावरणीय सन्तुलनसहितको दिगो विकासका विषयमा गहन छलफल भइरहेको छ।
प्रकाशित मिति : September 18, 2026 at 12:51 pm




