२ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026

प्रि ओपन सेसनमा साढे २ अंकले बढ्यो नेप्से

२ असोज, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से २.४६ अंकले बढेर २६२६.८३ विन्दुमा पुगेको छ।

शुक्रबार प्रि ओपन सेसनमा ७२ स्टकको १२६ पटकको कारोबारमा ४८ लाख ३० हजार ३३१ रुपैयाँ ७० पैसाबराबरको ८ हजार ९४२ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : September 18, 2026 at 10:59 am