२ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026

किरण वैद्य माथि पाँच करोडको ठगी मुद्दा

२ असोज, काठमाडौँ । पाँच करोड ४० लाख ९६ हजार ९४० रुपैयाँ ठगी गरेको अभियोगमा युक्रेनका लागि पूर्वअवैतनिक वाणिज्यदूत किरण वैद्य पक्राउ परेका छन् । हदबन्दीभन्दा बढी रहेको जग्गा बिक्री गर्ने भन्दै बैना बापत पाँच करोड ४० लाख ९६ हजार ९४० रुपैयाँ बैना वापत उठाएर ठगी गरेको प्रहरीले जनाएको छ ।

वैद्यले भक्तपुरको चाँगुनारायण नगरपालिका-२० स्थित रहेको कित्ता नम्बर २७ लगायतका ४८ कित्ता जग्गा बिक्री-वितरण गर्न हदबन्दीका कारण नमिल्ने भए पनि उनले उक्त रकम लिएर बैना गरेको खुलेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौँ प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार काठमाडौं महानगरपालिका-३ का बासिन्दा ७० वर्षीय वैद्यलाई नक्सालबाट पक्राउ गरिएको हो ।

प्रकाशित मिति : September 18, 2026 at 9:29 am