१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

शेरबहादुरलाई महाधिवेशन उद्घाटन गर्न आउन गगनको आग्रह

१ असाेज, काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई महाधिवेशन उद्घाटन गरिदिन आग्रह गरेका छन्। ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बिहीबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सपभाति थापाले देउवालाई पूर्वसभापतिका रुपमा महाधिवेशन उद्घाटन गरिदिन आग्रह गरेका हुन्।

dainiki.com

‘कतिपय साथीहरूले निवर्तमान सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्नुपर्छ भन्नुभएको छ, मेरो पनि अनुरोध छ– महाधिवेशन उद्घाटनमा आउनुहोस्,’ सभापति थापाले भने । सभापति थापाले आफू पार्टीको विधान, संविधान र विधिबाट निर्देशित भएको भन्दै तोकिएकै समयमा महाधिवेशन सम्पन्न हुने बताए । कांग्रेसको कार्यतालिकाअनुसार वडा अधिवेशन आगामी असोज ३ र ४ गते हुनेछ भने विभिन्न तहको अधिवेशन सम्पन्न गरी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी छ।

प्रकाशित मिति : September 17, 2026 at 4:55 pm