१८ असार २०८१, मंगलवार | Wed Jul 3 2024

सिन्धुली दुर्घटनाका मृतक चारै जनाको सनाखत


४ फागुन, सिन्धुली । बीपी राजमार्गमा पर्ने सिन्धुलीको कमलामाई नगरपालिका–२, सेल्फीडाँडा नजिकै बोलेरो जीप दुर्घटनामा मृत्यु हुने चार जनाकै सनाखत भएको छ । दुर्घटनामा परि मृत्यु हुनेहरुमा गोलान्जोर गाँउपालिका –५, रतनचुरा निवासी १९ वर्षीय नवराज थापा, ५० वर्षीया लक्ष्मी देवकोटा, २० वर्षीय युवराज लुंगेलीमगर र २२ वर्षीय रेशम कार्की रहको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा अन्य १७ जना घाइते भएका छन । सदरमुकाम सिन्धुलीमाढीबाट तीनकन्या नाकाझोलीतर्फ जाँदै गरेको बा ११ च २२७५ नम्बरको जीप साँझ बेलुका ५ बजे सडकबाट झण्डै ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । सिन्धुली अस्पतालमा अहिले १४ जना यात्रुको उपचार भइरहेको छ । गम्भीर घाइते भएका अन्य तीन जनालाई थप उपचारका लागि रिफर गरी काठमाडौं पठाइएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७४, शुक्रबार १९:२१