३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

४८.५७ अंकले बढ्यो नेप्से, ८ अर्ब २९ करोडको कारोबार

३० भदौ, काठमाडौं । साताको पहिलो कारोबारको दिन मंगलबार सेयर बजारमा उच्च अंकको सुधार आएको छ । मंगलबार नेप्से परिसूचक ४८.५७ अंकले बढेर २६३३.६२ विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन ३४७ कम्पनीकाे ७८ हजार ८६९ पटकको कारोबारमा ८ अर्ब २९ करोड १७ हजार रुपैयाँबराबरको २ करोड ३ लाख ८७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

मंगलबार २६५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको सेयर मूल्य घटेको छ । आज १ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।यस दिन धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक १४.९६ प्रतिशत बढेको छ। एभरेष्ट बैंकको अपरिवर्तिय ऋणपत्रको मूल्य यस दिन सर्वाधिक ५.५५ प्रतिशत घटेको छ। यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको सर्वाधिक काराेबार भएकाे छ। सो कम्पनीको यस दिन ३२ करोड ७० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।  यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ।  आज सर्वाधिक जीवन बीमा कम्पनी, निर्जीवन बीमा र फाइनान्सको सेयर मूल्य बढेको छ।

प्रकाशित मिति : September 15, 2026 at 3:18 pm