१८ आश्विन २०८१, शुक्रबार | Sat Oct 5 2024

आङ छिरिङ शेर्पाको शोक मनाउन शुक्रबार यति एयरका सबै उडान बन्द

१६ फागुन, काठमाडाैँ । यति एयरका सबै उडान शुक्रबा बन्द हुने भएका छन् । यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पाको निधनको शोकमा उडान बन्द हुने भएको हो । ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित शेर्पाको पनि निधन भएको थियो ।

कम्पनीका प्रबन्ध निर्देशकको निधनको शोकमा शुक्रबार देशैभर हुने यति एयरका उडान एक दिनका लागि बन्द गर्न लागिएको कम्पनीले जनाएको छ । उडान बन्द हुँदा यात्रुमा पर्ने असरप्रति कम्पनी क्षमाप्रार्थी रहेको पनि उसले जनाएको छ । साथै शनिबारदेखि आफ्ना सबै उडान नियमित रुपमा सञ्चालन हुने पनि कम्पनीले जनाएको छ ।

दुर्घटनामा परि हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभोया, मन्त्री अधिकारीका पीएसओ अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको निधन भएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार २२:२१