रिलायन्स स्पिनिङ मिल्सले घोषणा गर्यो लाभांश
३० भदाै, काठमाडाैं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हाे।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो। सो नगद लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २२ गते अनुपम फुड ल्याण्ड एण्ड बैंक्वेट, बत्तीसपुतली, काठमाडौँमा ३२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे सुरु हुनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ असोज १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको सभामा सहभागि हुन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रकाशित मिति : September 15, 2026 at 9:53 am


