२६ भदौ २०८३, शुक्रबार | Fri Sep 11 2026

२७ अंकले बढ्यो सेयर बजार, सबै सूचक सकारात्मक

२६ भदाै, काठमाडाैं । साताको अन्तिम कारोबारकाे दिन शुक्रबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।  शुक्रबार नेप्से परिसूचक २७.९४ अंकले बढेर २५५९.४९ विन्दुमा पुगेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन ३४५ कम्पनीकाे ४९ हजार ६ पटकको कारोबारमा ४ अर्ब ३६ करोड १ लाख ५९ हजार रुपैयाँबराबरको १ करोड २० लाख ८९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य यस दिन सर्वाधिक १०.५३ प्रतिशत बढेको छ। मल्टीपर्पस फाइनान्स कम्पनीको सेयर मूल्य यस दिन सर्वाधिक ५.७१ प्रतिशत घटेको छ। यस दिन लिबर्टी इनर्जीकाे सर्वाधिक काराेबार भएकाे छ। सो कम्पनीको यस दिन ३६ करोड ६६ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।  यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ।

प्रकाशित मिति : September 11, 2026 at 3:35 pm