२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

सडकपेटीमा प्रसूती घटनामा दोषीलाई कारबाही हुन्छः मन्त्री मेहता

२६ भदौ, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण अस्पताल घटनालाई गम्भीरतापूर्वक लिएको बताएकी छन् । प्रतिनिधिसभा बैठकमा सांसदहरूले अस्पताल बाहिर ३० वर्षीया बबिता पासवानले बच्चा जन्माएको घटनाबारे उठाएका प्रश्नको जवाफ दिँदै उनले मन्त्रालयले घटनालाई गम्भीरतापूर्वक लिएको बताएकी हुन् ।

‘मातृ तथा नवजात शिशुको जीवन रक्षा, सुरक्षित प्रजनन् तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भएकोले राजविराजको घटनालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको छ,’ मन्त्री मेहताले भनिन् । उनले राजविराज घटनाको जानकारी प्राप्त हुना साथ मन्त्रालयले अस्पतालसँग घटनाका सम्बन्धमा २४ घण्टे स्पष्टीकरण माग गरेको बताइन् ।

dainiki.com

घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज पुगिसकेको उनले बताइन्। टोलीमा स्वास्थ्य सेवा विभागका उपचारात्मक सेवा महाशाखा प्रमुख डा. पवनजंग रायमाझी पनि छन्।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय, सप्तरीले पनि छानबिन समिति गठन गरेको छ। घटनाका समयमा ड्युटीमा रहेका कर्मचारीलाई कामकाजबाट हटाई थप छानबिन सुरु गरिएको पनि उनले बताइन्। मन्त्री मेहताले सेवाग्राही अस्पताल परिसरबाहिर पुग्ने अवस्था किन सिर्जना भयो र अस्पतालको सेवामा कुनै कमीकमजोरी थियो वा थिएन भन्ने विषय छानबिनबाट स्पष्ट हुने बताइन्।

प्रकाशित मिति : September 11, 2026 at 3:23 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/