युनाइटेड इदी मर्दी हाइड्रोपावरले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?
२६ भदाै, काठमाडाैं। युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि सेयरधनीलाई लाभांश प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८२/८३ को खुद मुनाफा तथा सञ्चित नाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीलाई उक्त लाभांश वितरण गरिनेछ।
प्रकाशित मिति : September 11, 2026 at 10:00 am


