२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

कांग्रेसले तोक्यो सातै प्रदेशमा निर्वाचन संयोजक

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनका लागि प्रदेश निर्वाचन संयोजक तोकेको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले महाधिवेशन प्रक्रियालाई सहज बनाउनको लागि सबै प्रदेशमा वरिष्ठ अधिवक्ताहरूलाई पठाएको जानकारी गराएका हुन्।

उनका अनुसार कोशीमा डिल्लीबहादुर कार्की, मधेशमा बलराम सुवेदी, बागमतीमा कृष्ण अर्याल, गण्डकीमा जगन्नाथ ढकाल, लुम्बिनीमा दीपकुमार रेग्मी, कर्णालीमा उत्तम आचार्य र सुदूरपश्चिममा गङ्गाराम पाध्यायलाई संयोजक तोकिएको छ।

निर्वाचन समितिले पठाएको पत्रमा बाढी प्रभवित रसुवा, नुवाकोट र धादिङको हकमा तोकिएका निर्वाचन अधिकृत र पार्टीको स्थानीय तहसँगको समन्वयमा अधिवेशन सम्पन्न गर्न भनिएको छ ।

प्रकाशित मिति : September 10, 2026 at 6:02 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/