२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

बालेनलाई आशिकाको सन्देश : मन्त्री फेर्दैमा देश परिवर्तन हुँदैन, परिवर्तन टाई र कोट मात्रै हो

२५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सरकारमा लगातार भइरहने मन्त्री हेरफेरप्रति कडा टिप्पणी गरेकी छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको राजीनामापछि सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद तामाङले सरकारको कार्यशैली र बारम्बार हुने मन्त्री परिवर्तनको औचित्यमाथि प्रश्न उठाएकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सांसद तामाङले मन्त्री मात्र बदलेर देशमा कुनै वास्तविक परिवर्तन आउन नसक्ने बताएकी हुन्। ‘मन्त्रीहरू परिवर्तन गरेर मात्र देश परिवर्तन हुन्छ ? देश चलाउने कार्यप्रणाली उही, विधि उही, नीति नियम उही, चाहियो हामीलाई छानी छानी महिनौँ पिच्छे नयाँ नयाँ मन्त्री ?’ उनले प्रश्न गरेकी छन्।

लगातार भइरहने मन्त्रीको हेरफेरले जनतालाई कुनै राहत नपुग्ने तर्क गर्दै उहाँले व्यङ्ग्यात्मक शैलीमा थपेकी छन्, एक महिनामा एउटा मन्त्रीले परिवर्तन गर्न सक्ने भनेको उही आफ्नो नयाँ टाई र कोट मात्र हो !’

प्रकाशित मिति : September 10, 2026 at 6:14 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/