२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

नेप्से घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

२५ भदौ, काठमाडौं । बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। बुधबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक १३.८५ अंकले घटेर २५३१.५५ विन्दुमा झरेको छ।  नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन ३४१ कम्पनीकाे ४४ हजार १९८ पटकको कारोबारमा ४ अर्ब ९ लाख ७१ हजार रुपैयाँबराबरको १ करोड ५ लाख ८८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। बिहिबार ६७ कम्पनीको सेयर मूल्य बढेको छ भने २०० कम्पनीको घटेको छ । ११ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो ।

यस दिन लिबर्टी इनर्जीको सेयरमा सकारात्मक सर्किट लागेकाे छ। सिन्धु विकास बैंकको सेयरमूल्य यस दिन सर्वाधिक १४.९८ प्रतिशत घटेको छ। यस दिन लिबर्टी इनर्जीकाे सर्वाधिक काराेबार भएकाे छ। सो कम्पनीको यस दिन ४५ करोड ४८ लाख ८८ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।  यस दिन १३ वटै उपसमूहका परिसूचक घटेका छन्।

प्रकाशित मिति : September 10, 2026 at 3:40 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/