प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, यी विषयमा छलफल हुने
२४ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद बैठक बोलाएका छन्। बिहीबार दिउँसो ३ बजे बस्नेगरी प्रधानमन्त्री बालेनले मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्नेछ। बैठकमा समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत र प्रभावित मानिसहरूको पुनस्थापनामा निरन्तर जुटिरहेको छ ।
सोही सन्दर्भमा प्रधानमन्त्री बालेनले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुनस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न यो बैठक बोलाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
प्रकाशित मिति : September 10, 2026 at 10:29 am


