२४ भदौ २०८३, बुधबार | Wed Sep 9 2026

सिद्धार्थ बैंकका ग्राहकहरुलाई बेस्ट् वेस्टर्न प्लस गोदावरी रिसोर्टमा १० प्रतिशतसम्मको छुट

२४ भदाै, काठमाडाैं । सिद्धार्थ बैंक र बेस्ट् वेस्टर्न प्लस गोदावरी रिसोर्टबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार गोदावरी ललितपुरस्थित बेस्ट् वेस्टर्न प्लस गोदावरी रिसोर्टमा ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति : September 9, 2026 at 5:55 pm