प्रि ओपन सेसनमा करिब साढे १६ अंकले बढ्यो नेप्से
२४ भदाै, काठमाडाैं । साताको दोस्रो कारोबारकाे दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १६ अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से १६.२० अंकले बढेर २५७७.०५ विन्दुमा पुगेको छ।
बुधबार प्रि ओपन सेसनमा ९८ स्टकको २८५ पटकको कारोबारमा १३ करोड ७४ लाख ५९ हजार ५४० रुपैयाँ २० पैसाबराबरको ५८ हजार १५१ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : September 9, 2026 at 11:00 am


